Logo
|
Friday 1st July 2022
Logo

epaper

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिहान ७ः३० देखि ओपीडी टिकट लिन सकिने



जनस्वास्थ्य सरोकार, धरान । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले ओपीडी टिकट काट्ने समय परिवर्तन गरेको छ । प्रतिष्ठानले बुधबारदेखि ओपीडी टिकट लिने समय परिवर्तन गरेको हो।

यस भन्दाअघि ओपीडी काउण्टर विहान ८ बजेदेखि खुल्ने गरेकोमा बिरामीहरुको सुविधालाई ध्यानमा राखी अब उप्रान्त ७ः३० बजेदेखि नै काउण्टर खुल्ने व्यवस्था गरिएको प्रतिष्ठानका सहप्रवक्ता डा चुरामणि पोखरेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार अब काउण्टर विहान ७ः३० बजेदेखि १२ः०० बजेसम्म खुल्नेछ। दिउँसो भने पुरानै समय २:०० बजेदेखि ३ः०० बजेसम्म ओपीडी काउन्टर खुल्नेछ।

प्रतिक्रिया दिनुहोस्