देशभर थपिए २२ जना कोभिड-१९ संक्रमित, ९ जना संक्रमणमुक्त

जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर २२ जना कोभिड १९ संक्रमित थपिएका छन् । दुईहजार ७५३ वटा नमुना परीक्षण गर्दा २२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज ९ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ११२ पुगेको छ ।
एकलाख १७ हजार ११७ जनाले कोभिड १९ विरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।