Logo
|
Tuesday 16th April 2024
Logo

epaper

आजदेखि १२ देखि १७ वर्षसम्मका बालबालिकालाई  बुस्टर डोज



जनस्वास्थ्य सरोकार, काठमाडौं । सरकारले आजदेखि १२ देखि १७ वर्षसम्मका बालबालिकाकालाई कोरोनाविरुद्धको बुस्टर डोज दिने भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयस्तरीय मङ्गलवार बसेको बैठकले शुक्रबारदेखि बुस्टर डोज दिने निर्णय गरेको थियो ।

बालबालिकाका लागि पहिलो तथा दोस्रो डोज मोर्डना र फाइजर खोप दिएको छ । बुस्टर डोजमा पनि यही दुई प्रकारको खोप उपलब्ध छ ।

स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाको बालस्वास्थ्य तथा खोप शाखाले मोर्डना र फाइजर खोपको दुई मात्रा लगाइ तीन महिना पुरा भएकालाई बुस्टर मात्रा लगाइने जानकारी दिएको छ । फाइजर खोप बुस्टर लगाउँदा ०.३ एमएल र मोर्डना खोप बुस्टरको रुपमा दिँदा ०.२५ एमएल दिनुपर्ने हुन्छ ।

यसैगरी, स्वास्थ्य मन्त्रालयले असार ९ बाट ५ देखि १२ वर्ष उमेर समूहका बालबालिकालाई कोरोनाविरुद्धको खोप दिने जनाएको छ ।

देशभरका विद्यालयहरूमा खोप केन्द्र तोकेर दुई चरणमा गरी ४९ लाख बालबालिकालाई खोप दिने तयारी छ । अभियान अन्तर्गत सुरुमा २७ वटा जिल्लामा खोप अभियान सञ्चालन गरिने छ भने त्यसपछि बाँकी रहेका ५० जिल्लामा खोप अभियान सञ्चालन गर्ने मन्त्रालयको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्