
जनस्वास्थ्य सरोकार, काठमाडौँ । मेडिकल ल्याबोरेटोरी एशोसियसन अफ नेपाल (मेलान) ले आफ्नो १७ औं स्थापना दिवसको अवसर पारेर निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
मेलानले बुढानीलकण्ठ ४ स्थित पवित्र समाज सेवा नेपालमा रहेका ३५ बालबालिका र ३० वृद्धाहरुको निःशुल्क स्वास्थ्य जाँच गरेको हो ।
स्वास्थ्य शिविरमा बालरोग विशेषज्ञ डा. प्रगति भण्डारी घिमिरे, जनरल फिजिसियन डा. सुशील बोहरा र डा . सौरभ सुनारले सेवा दिनुभएको थियो ।
शिविरमा निःशुल्क औषधि वितरण, प्रयोगशाला जाँचसमेत गरिएको मेलानका महासचिव रेशम अधिकारीले जानकारी दिनुभयो ।
यसका साथै आश्रममा आवश्यक औषधि, सेनेटरी प्याड, चामल, दाल, तरकारी, मासुलगायत रासनसमेत वितरण गरिएको मेलान केन्द्रीय अध्यक्ष राजेन्द्र खड्काले बताउनुभयो ।
प्रकाशित मिति: शुक्रबार, जेठ २७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्सको नयाँ नेतृत्व चयन, प्रा.डा. राजिव झा अध्यक्ष
आइतबार, मंसिर १४, २०८२ट्रेन्डिङ
