Logo
|
Tuesday 23rd April 2024
Logo

epaper

चर्चित गायक जस्टिन बिबरलाई भएको र्याम्से हण्ट सिन्ड्रोम के हो ?



जनस्वास्थ्य सरोकार । क्यानडियन चर्चित गायक जस्टिन बिबर र्याम्से हण्ट सिन्ड्रोमका कारण आफ्नो अनुहारको दाहिने भाग प्यारालाइसिस भएको खुलासा गरेका छन् ।
शनिबार उनले सामाजिक सञ्जालमा एक भिडियो अपलोड गर्दै सो जानकारी गराएका हुन् । जस्टिनले आफ्नो फ्यानहरुलाई आगामी कन्सर्ट शो क्यान्सिल भएकोमा माफि पनि मागेका छन् ।


के हो र्याम्से हण्ड सिन्ड्रोम ?


चिकेन पोक्स निम्त्याउने भाइरसका कारण र्याम्से हन्ट सिन्ड्रोम हुने स्वास्थ्य विज्ञहरु बताउँछन् । भेरिसेला जोस्टर नामक भाइरसले मस्तिष्कको स्नायुमा संक्रमण गरेपछि र्याम्से हण्ट सिन्ड्रोमका लक्षण देखिने विज्ञको भनाइ छ ।
यस रोगबाट पीडित व्यक्तिको अनुहार र कान वरिपरि दागहरू आउन थल्छन ।


लक्षण
अनुहारको एकपट्टी भागल पक्षघात हुने, आँखा सुक्खा हुने, एकपट्टी कान नसुन्ने र अनुहारमा दाग आउने आदि र्याम्से हण्ट सिन्ड्रोमका मूख्य लक्षण हुन् ।

उपचार
यो रोग लागेका व्यक्तिले तुरुन्तै चिकित्सककहाँ गएर जतिसक्दो चाँडो उपचार सुरु गर्नुपर्ने विज्ञले सुझाएका छन । यसमा, डाक्टरले सबैभन्दा पहिले दुखाइबाट छुटकारा पाउन औषधि दिन्छन । यसको सेवनले चक्कर लाग्ने जस्ता समस्याबाट मुक्ति मिल्छ । यद्यपि, रिकभरीका लागि समयमै उपचार आवश्यक पर्ने उनीहरुको भनाई छ यसका लागि सानातिना लक्षण देखिए पनि उपचार गराउनुपर्दछ । एजेन्सीबाट

प्रतिक्रिया दिनुहोस्