Logo
|
Friday 1st July 2022
Logo

epaper

अमेरिकाले हटायो अन्तर्राष्ट्रिय यात्रामा अनिवार्य कोरोना परीक्षण गर्नुपर्ने प्रावधान



जनस्वास्थ्य सरोकार, काठमाडौँ । अमेरिकाले अन्तर्राष्ट्रिय यात्रामा कोरोना परीक्षण अनिवार्य गर्नुपर्ने प्रावधान हटाएको छ । अमेरिकामा कुनै पनि देशको उडान गर्नुभन्दा एकदिन अघि कोरोना सङ्क्रमण नभएको परीक्षण रिपोर्ट पेस गर्नुपर्ने प्रावधान थियो।

सरुवा रोग रोकथाम तथा नियन्त्रण निकायहरूको सुझावका आधारमा अमेरिका यस्तो निर्णयमा पुगेको हो । कोरोना विरुद्धको लडाइँमा भएको प्रगतिका कारण प्रतिबन्ध हटाइएको त्यहाँका स्वास्थ्यमन्त्रीले दाबी गरेका छन्।

कोरोना परीक्षण प्रतिवेदन पेस गर्नुपर्ने व्यवस्था हटाए पनि कोरोना विरुद्धको खोप लगाएको प्रमाणपत्र पेस गर्नुपर्ने नियम हटाइएको छैन।

प्रतिक्रिया दिनुहोस्