Logo
|
Thursday 25th April 2024
Logo

epaper

प्रधानमन्त्रीसँग सुदुर पश्चिमका सांसदहरुको मागः गेटा मेडिकल कलेजलाई राष्ट्रिय चिकित्सा विश्वविद्यालय बनाइयोस्



जनस्वास्थ्य सरोकार, काठमाडौ । कैलालीको गेटामा निर्माणाधीन गेटा मेडिकल कलेजलाई राष्ट्रिय चिकित्सा विश्वविद्यालय बनाउन सुदुर पश्चिमका सांसदहरुले प्रधानमन्त्रीसँग माग गरेका छन् । उनीहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा भेटेर आफ्ना मागप्रति ध्यानाकर्षण गराएका हुन् । उनीहरुले ज्ञापनपत्रसमेत बुझाएका छन् ।

ज्ञापनपत्रमा भौतिक संरचना बनिसकेको गेटा मेडिकल कलजेप्रति सरकारले वेवास्ता गरेको उनीहरुले उल्लेख गरेका छन् ।

ज्ञापनपत्रमा वर्षेनी करोडौं रुपैयाँ मेडिकल शिक्षाका लागि बाहिर गएको भन्दै प्रस्तावित गेटा मेडिकल कलेजलाई राष्ट्रिय चिकित्सा विश्वविद्यालयको रुपमा अघि बढाउँदा स्वास्थ्य क्षेत्रको अध्ययन, अध्यापन, अनुसन्धान हुनसक्ने, सर्वसुलभ र प्रभावकारी स्वास्थ्य सेवा लिन सकिने, आर्थिक गतिविधि र स्वास्थ्य पर्यटनमा मद्धत पुग्ने, रोजगारीको अवसर सृजना हुने, गुणस्तरीय स्वास्थ्य सेवा पाउने वातावरण बन्ने, मेडिकल शिक्षाका विभिन्न कार्यक्रमहरु जस्तै, फार्मेसी, पब्लिक हेल्थ, मेडिकल ल्याबोरेटरी, फिजियोथेरापी, डेन्टल, अप्टोमेट्री र फड साइन्स लगायत आधुनिक चिकित्सा विज्ञानका नयाँ र आवश्यक विधाका कोर्सहरु सञ्चालन गर्न सकिनेलगायत ७ बुँदा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्