Logo
|
Saturday 27th April 2024
Logo

epaper

महिलालाई घरमै गएर कुटपिट गर्ने स्वास्थ्य राज्यमन्त्री प्रहरी नियन्त्रणमा



जनस्वास्थ्य सरोकार, काठमाडौँ । लुम्बिनी प्रदेशकी स्वास्थ राज्यमन्त्री विमला वलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तुलसीपुर उपमहानगर–५ स्थित सब्जिमण्डी बजार नजिकै एकजना महिलालाई घरमा गएर कुटपिट गरेको भन्दै प्रहरीले उहाँलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक रन्जनबहादुर स्वारले बताउनुभयो ।

मन्त्री वलीले बिहान करिब ८ बजे एकजना महिलालाई घरमै गएर हातपात गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा ठूलो संख्यामा स्थानीय जम्मा भएका थिए । प्रहरीले वलीलाई सुरक्षा घेरामा राखेर इलाका प्रहरी कार्यालय तुलसीपुर लगेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्