
जनस्वास्थ्य सरोकार, काठमाडौँ । क्यानडा सरकारले चुरोटका हरेक खिलीमा स्वास्थ्य चेतावनीहरू राख्ने प्रस्ताव राखेको छ ।
धुम्रपानको कुलतविरुद्ध लड्न यस्तो कदम चालिएको मानसिक स्वास्थ्य मन्त्री क्यारोलिन बेनेटले बताउनुभयो । सरकारले चाल्न थालेको पछिल्लो उपायले धेरै मानिसहरूलाई सहयोग गर्ने उहाँको भनाई छ ।
‘खिलिमा नै स्वास्थ्यसम्बन्धी सावधानी सन्देश राख्दा यो मानिसहरूसम्म पुगेको सुनिश्चित हुनेछ,’ मन्त्री बेनेटले भन्नुभयो । सन् २००१ मा चुरोटको प्याकेटमा राखिएको सावधानीसहितको फोटो सरकारले अपेक्षा गरेजस्तो प्रभावकारी नभएको उल्लेख गर्नुभयो ।
उहाँले थप्नुभयो–‘सरकारले ल्याउन लागेको नयाँ कदम युवाप्रति लक्षित छ, जसले प्रायः ‘सामाजिक परिस्थितिहरूमा प्याकेजमा छापिएको जानकारीलाई बेवास्ता गर्दै’ चुरोटमा पहुँच राख्छन् ।’
सरकारले ल्याउन लागेको नयाँ प्रस्तावको क्यानडाको हर्ट एन्ड स्ट्रोक फाउन्डेसनले स्वागत गरेको छ । ‘क्यानाडामा अब विश्वमा चुरोटका लागि सबैभन्दा बलियो स्वास्थ्य चेतावनी प्रणाली हुनेछ’ फाउन्डेसनका सीईओ डग रोथले भन्नुभयो ।
यस विषयमा शनिबारदेखि ७५ दिने सार्वजनिक वहस कार्यक्रम सुरु हुँदैछ । एजेन्सी
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
