
जनस्वास्थ्य सरोकार, काठमाडौँ । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वली अस्पतालमा भर्ना हुनुभएको छ।
मंगलबार बिहान दाङको तुलसीपुरमा एक महिला र बालिकालाई हातपात गरेको आरोपमा वलीलाई पक्राउ गरी मंगलबार राति बुटवल ल्याइएको थियो ।
सोही दिन राति १ बजेतिर रक्तचाप र सुगर बढेर बेहोस भएपछि स्वास्थ्य राज्यमन्त्री वलीलाई लुम्बिनी प्रादेशिक अस्पताल भर्ना गरिएको हो ।
अस्पतालका फिजिसियनहरुले चेकजाँच गर्दा रक्तचाप बढी र सुगरको मात्रा पनि बढी देखिएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. इन्द्र ढकालले जानकारी दिनुभयो ।
वलीको क्याबिनमा भर्ना गरेर उपचार भइरहेको छ । रगत लगायत अन्य जाँचको रिपोर्ट आउन बाँकी रहेको र स्वास्थ्य अवस्था स्थिर रहेको डा ढकालको भनाइ छ ।
प्रकाशित मिति: बुधबार, असार १, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्सको नयाँ नेतृत्व चयन, प्रा.डा. राजिव झा अध्यक्ष
आइतबार, मंसिर १४, २०८२ट्रेन्डिङ
