Logo
|
Wednesday 30th November 2022
Logo

epaper

सशस्त्र प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) डा.सुजितकुमार साहलाई कारवाही गर्न गृहमन्त्रालयको तयारी



जनस्वास्थ्य सरोकार, काठमाडौं । गृह मन्त्रालयले सशस्त्र प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) डा.सुजितकुमार साहलाई ७ दिनभित्र सफाइ पेश गर्न सूचना जारी गरेको छ ।

विदा स्वीकृति नगराई शाह गत वैशाख १३ गतेदेखि अस्पतालमा अनुपस्थित हुँदै आउनुभएको थियो ।

पदीय जिम्मेवारी एवं आचरण विपरीत कार्य गरेको देखिएको भन्दै उहाँलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने गृहको तयारी छ। कारवाही गर्न नपर्ने भए सात दिनभित्र सफाइ पेश गर्न गृहद्धारा जारी सूचनामा उल्लेख छ ।


सर्लाही हरिपूर्वा नगरपालिका वडानम्बर ९ मा घर भएका साह बलम्बुस्थित शसस्त्र प्रहरी अस्पतालमा कार्यरत हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्