जनस्वास्थ्य सरोकार । भारतको पश्चिमी राज्य गुजरातमा पाँच वर्षे सिंहको दुवै आँखामा डाक्टरहरूले शल्यक्रिया गरेर मोतीबिन्दु निकालेपछि उसको आँखाको ज्योति फर्किरहेको छ।

गिर नामको जङ्गलको रखवारी गर्ने डाक्टरहरूले त्यही जङ्गलको सिंहले आफ्नो आहारा (शिकार) नजिकै आउँदा पनि कुनै प्रतिक्रिया नजनाएपछि के भएको हो भन्ने जान्न खोजेका थिए। त्यसपछि उनीहरूले सिंहलाई उद्धार केन्द्रमा लगेका थिए ।
जाँचेपछि सिंहका दुवै आँखामा मोतीबिन्दु भइसकेको पत्ता लाग्यो ।
उनीहरूले प्राकृतिक लेन्सको सट्टा प्लास्टिकबाट बनेको लेन्स हालेर सिंहको आँखाको उपचार गर्ने तय गरे । त्यसका लागि उनीहरूले विभिन्न अध्ययन प्रतिवेदन पढे र विज्ञहरूसँग कुराकानी गरे। उनीहरूले अर्को मरेको सिंहको पोस्टमोर्टमबाट प्राप्त भएको आँखा पनि अध्ययन गरे ।
अहिले सिंह शल्यक्रियापछिको उपचारमा छ। सञ्चो भइसकेपछि उसलाई फेरि जङ्गलमा लगेर छोडिने योजना छ ।
स्रोतः बीबीसी
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
