Logo
|
Tuesday 5th July 2022
Logo

epaper

५-११ वर्षसम्मका बालबालिकालाई लगाउने कोभिड खोप आइतबार नेपाल आइपुग्ने



जनस्वास्थ्य सरोकार, काठमाडौँ । पाँच वर्षदेखि ११ वर्षसम्मका बालबालिकाका लागि लगाउन कोभिड–१९ विरुद्धको खोप आइतबार आइपुग्ने भएको छ । 

कोभ्याक्स सुविधामार्फत अमेरिकी सरकारको सहयोगमा आउन लागेको ८४ लाख डोजमध्ये पहिलो चरणमा आइतबार उक्त खोप आउन लागेको परिवार कल्याण महाशाखाले जनाएको छ । 

सरकारले सो उमेर समूहका ३९ लाख बालबालिकालाई असार ९ गतेदेखि खोप दिन सुरु गर्ने भएको छ । पहिलो चरणमा २७ र दोस्रो चरणमा बाँकी जिल्लाका बालबालिकालाई खोप दिइनेछ ।

प्रतिक्रिया दिनुहोस्