गेटा मेडिकल कलेजलाई गेटा स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाइने प्रधानमन्त्री देउवाको उद्घोष

जनस्वस्थ्य सरोकार, कैलाली । प्रधानमन्त्री शेरबहादुर देउवाले कैलाली जिल्लाको गेटामा प्रस्तावित गेटा मेडिकल कलेजलाई गेटा स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन आफू सकारात्मक रहेको बताउनुभएको छ ।
उहाँले मन्त्री परिषद् बैठकबाट निर्णय गरी प्रतिष्ठानसम्बन्धि विधेयक ल्याएर गेटा मेडिकल कलेज सञ्चालनमा ल्याउने बताउनुभएको हो ।
प्रधानमन्त्री देउवा शनिवार धनगढी उपमहानगरपालिका कार्यालय परिसरमा नवनिर्मित प्रशासनिक भवनको उद्घाटन गर्दै हुनुहुन्थ्यो