Logo
|
Tuesday 5th July 2022
Logo

epaper

पाँचदेखि ११ वर्षका बालबालिकालाई लगाउने २२ लाख डोज कोभिड–१९ विरुद्धको खोप नेपाल आइपुग्यो



जनस्वास्थ्य सरोकार, काठमाडौ । पाँचदेखि ११ वर्षका बालबालिकालाई लगाउनका लागि २२ लाख डोज कोभिड–१९ विरुद्धको खोप नेपाल आइपुगेको छ ।

कोभ्याक्स सुविधामार्फत अमेरिकी सरकारको सहयोगमा पहिलो चरणमा सो मात्रामा फाइजर खोप नेपाल ल्याइएको हो ।

खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चेकजाँच गरी टेकु कोल्डचेनमा राखिने स्वास्थ्य सेवा विभागका व्यवस्थापन महाशाखाअन्तर्गतको आपूर्ति शाखाका फार्मेसी अधिकृत बडेबाबु थापाले जानकारी दिनुभयो ।

पहिलो चरणमा २७ जिल्लाका बालबालिकालाई यही असार ९ गतेदेखि सो खोप दिइँदै छ । थापाका अनुसार वाग्मती प्रदेशका ७ जिल्लामा आवश्यक पर्ने खोप टेकुमा राखी अरू जिल्लामा आज नै पठाइनेछ ।

प्रतिक्रिया दिनुहोस्