Logo
|
Friday 10th January 2025
Logo

epaper

नयाँ औषधि दर्ता एवं गुणस्तरीयता एकिनका लागि ५८ वटा विदेशी कम्पनि छनौट



जनस्वास्थ्य सरोकार, काठमाडौं । औषधि व्यवस्था विभागले नयाँ औषधि दर्ता एवं गुणस्तरीयता एकिनका लागि ५८ वटा विदेशी कम्पनि छनौट गरेको छ ।

डब्लुएचओ–जीएमपी गाइलाइन अनुसार,निरीक्षणका लागि आवेदन दिएका मध्यबाट ५८ कम्पनी छनोट भएको विभागले सुचना प्रकाशित गरी जानकारी गराएको हो ।

यसका लागि २७१ विदेशी कम्पनीले दरखास्त दिएका थिए । छनौटमा अधिकांश भारतीय र वंगलादेशी कम्पनि रहेका छन् । विभागको सिफारिसमा स्वास्थ्य मन्त्रालयले गत असार ६ गते सचिवस्तरीय निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्