Logo
|
Thursday 25th April 2024
Logo

epaper

‘सडकका घाइते जनावर बोक्न भेटरीनरी एम्बुलेन्स’



जनस्वास्थ्य सरोकार, ललितपुर । ललितपुर महानगरपालिकाले सडकमा रहेका घाइते जनावर बोक्न भेटरीनरी एम्बुलेन्स सुरु गरेको छ ।
जनावरको अधिकारका लागि लामो समयदेखि काम गरिरहेको संस्था स्नेहाज केयरसँगको सहकार्यमा महानगरले भेटरीनरी एम्बुलेन्स सेवा सुरु गरेको हो ।

बुधबार महानगरपालिका कार्यालयमा आयोजित एक कार्यक्रममा महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले स्नेहाज केयरकी प्रमुख स्नेहा श्रेष्ठलाई एम्बुलेन्सको साँचो हस्तान्तरण गर्नुभएको हो ।


मेयर महर्जनले विभिन्न कारणले घाइते भएका जनावरलाई उपचारका लागि अस्पताल पुर्याउन सहयोग पुगोस् भन्ने उद्देश्यले एम्बुलेन्स सेवा सुरु गरेको बताउनुभयो ।


स्नेहाज केयरकी प्रमुख स्नेहा श्रेष्ठले भेटरीनरी एम्बुलेन्स सुरु भएपछि बिरामी जनावर बोक्न सजिलो हुने बताउनुभयो । उहाँले जनावरको अधिकारप्रति संवेदनशील भएकोमा महानगरलाई धन्यवाद व्यक्त गर्नुभयो ।


ललितपुर महानगरपालिकाले कोरोना महामारी नियन्त्रण गर्न सरकारले गरेको लकडाउनका बेला सामुदायिक कुकुर, परेवा, बाँदरलगायतका जनावरलाई सडक, गल्ली चोकमा पुगेर खानेकुरा खुवाउने व्यवस्था गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्