Logo
|
Saturday 20th April 2024
Logo

epaper

हैजा रोकथाम तथा नियन्त्रणका लागि छानबिन टोली गठन



जनस्वास्थ्य सरोकार, काठमाडौँ । हैजाको रोकथाम तथा नियन्त्रणका लागि जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंले छानबिन टोली गठन गरेको छ।

स्वास्थ्य कार्यालय प्रमुख वसन्त अधिकारीको संयोजकत्वमा तीन सदस्यीय छानबिन टोली गठन गरिएको हो। काठमाडौं हैजाको जोखिममा रहेको भन्दै यसको नियन्त्रण तथा रोकथामका लागि टोली गठन गरिएको कार्यालय प्रमुख अधिकारीले बताउनुभयो ।

काठमाडौंमा पुष्टि भएको हैजाको कारण पत्ता लगाउन पनि यो टोलीले काम गरिरहेको छ। काठमाडौंमा हालसम्म चार जनामा हैजा पुष्टि भएको छ। बागबजारमा हैजा पुष्टि भएका सम्बन्धित ठाउँ र परिवारमा पुगेर उक्त टोलीले खानेपानीको नमूना संकलन गरेको छ।

प्रतिक्रिया दिनुहोस्