Logo
|
Thursday 28th March 2024
Logo

epaper

बीमा बापतको रकम भुक्तानी नपाए बीमा कार्यक्रम स्थगित गर्ने बीएण्डसी र नोबेल अस्पतालको चेतावनी



जनस्वास्थ्य सरोकार, काठमाडौँ । झापाको बीएण्डसी अस्पताल र विराटनगरको नोबेल मेडिकल कलेजले बीमा बापतको रकम भुक्तानी नपाएको भन्दै स्वास्थ्य बीमा कार्यक्रम स्थगित गर्ने चेतावनी दिएका छन् ।

स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत बिमितको उपचार सेवावापतको रकम लामो समयदेखि आफूहरुले नपाएको भन्दै अस्पताल सञ्चालकहरुले यही असार २० गतेदेखि स्वास्थ्य बीमा कार्यक्रम स्थगन गर्ने जनाएका हुन ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै बीएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंले मंसिरयता आफ्नो अस्पतालले बीमा कार्यक्रमवापत पाउनुपर्ने ४५ करोडभन्दा बढी रकम रोकिएको बताउनुभयो । रकमका लागि स्वास्थ्य बिमा बोर्डमा ताकेता गरे पनि रकम भुक्तानी नदिएको प्रसाईको भनाई छ ।

यस्तै, नोबेल मेडिकल कलेजका भीमबहादुर चन्दका अनुसार अस्पतालले मंसिरयता ५४ करोड ३८ लाख रुपैयाँ बिमा कार्यक्रमअन्तर्गत लिन बाँकी छ।

चन्दले आफूहरुको पैसा रोकिँदा कलेजले ३ महिनादेखि कर्मचारी तथा प्राज्ञिक जनशक्तिलाई तलब खुवाउन नसकेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्