Logo
|
Sunday 13th October 2024
Logo

epaper

राष्ट्रिय ट्रमा सेन्टरको निमित्त मेसुमा डा. प्रमोद यादव नियुक्त



जनस्वास्थ्य सरोकार, काठमाडौं । सरकारले राष्ट्रिय ट्रमा सेन्टरको निमित्त मेडिकल सुपरिटेन्डेन्टमा डा. प्रमोद यादव नियुक्त गरेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले मन्त्रीस्तरीय निर्णय गर्दै डा. यादवलाई ट्रमा मेसुको जिम्मेवारी दिनुभएको हो ।

वरिष्ठ कन्सल्टेन्ट सर्जन डा. यादव मधेश प्रदेशको जनकपुरधामस्थित प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्टको रुपमा कार्यरत हुनुहुन्थ्यो ।

डा यादवलाई ट्रमामा ल्याएसँगै ट्रमा सेन्टरका निमित्त मेडिकल सुपरिटेन्डन्ट डा. प्रमोद जोशीलाई प्रस्तावित गेटा मेडिकल कलेजको अस्पतालको निर्देशकमा पठाउने भएको छ । क्याबिनेट बैठकले जोशीलाई गेटामा पठाउने प्रस्ताव गरिसकेको छ।

सरकारले गेटा मेडिकल कलेज सञ्चालनमा ल्याउनुपूर्व त्यहाँ अस्पताल सञ्चालन गर्ने तयारी गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले गेटा मेडिकल कलेजमा निर्माण भइरहेको मेडिकल कलेजलाई राष्ट्रिय चिकित्सा विश्वविद्यालयको रूपमा अगाडी बढाउने प्रतिबद्धता व्यक्त गरिसक्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्