Logo
|
Friday 29th March 2024
Logo

epaper

हिमोफिलिया सोसाइटी अफ नेपालको अध्यक्षमा मुकुन्दमणि घिमिरेसहित १५ जना केन्द्रिय कार्यसमिति निर्वाचित



जनस्वास्थ्य सरोकार, काठमाडौं । हिमोफिलिया सोसाइटी अफ नेपालको अध्यक्षमा मुकुन्दमणि घिमिरेसहित १५ जना केन्द्रिय कार्यसमिति निर्वाचित भएको छ । असार ११ गते काठमाडौंमा सम्पन्न सोसाइटीको २८ औं वार्षिक साधारणसभा एवं १५ औं महाधिवेशनमा घिमिरेसहित १५ जना केन्द्रिय कार्यसमिति निर्वाचित हुनुभएको हो

। सोसाइटीको वरिष्ठ उपाध्यक्षमा प्रेम देवाम, उपाध्यक्षमा रामकृष्ण बोगटी, महासचिवमा रेशम रानाभाट, सचिवमा उमेश किशोर महतो र कोषाध्यक्षमा रामचन्द्र खाति निर्वाचित हुनुभएको छ । यसैगरी सदस्यहरुमा भरत खड्का, बुद्धिलाल श्रेष्ठ, कृष्णबहादुर अधिकारी, सन्दिप खत्री, त्रिलोकप्रसाद ठाकुर, लोकन्द्र कार्की, विशाल बेलवासे, विनु गुप्ता र विनय राइ निर्वाचित हुनुभएको छ । साथै स्वास्थ्य विभागको सदस्यहरुमा रमेश लामा, सम्पूर्ण माली, ओमकृष्ण साखकर्मी र रमेश दर्लामी निर्वाचित हुनुभएको छ ।


नवनिर्वाचित अध्यक्ष घिमिरेले मुलुकभर छरिएर रहेका हिमोफिलियायुक्त व्यक्तिहरुलाई सातै प्रदेशमार्फत स्थानीयतहबाट निःशुल्क औषधि उपलब्ध गराउने, अन्तर्राष्ट्रियस्तरमा सम्बन्ध विस्तार गरेर हिमोफिलियाको नविनतम औषधि आयातमा पहल गर्ने र मुलुकमा हिमोफिलियायुक्त व्यक्तिहरुको खोजी कार्यलाई निरन्तरता दिने, उनीहरुको पुनस्र्थापनाका लागि आफू खटेर लागिपर्ने बताउनुभयो । हाल मुलुकमा ३ हजार हिमोफिलियायुक्त व्यक्तिहरु भएको अनुमान गरिएपनि हालसम्म ७ सय ८० जनामात्र सोसाइटीको सम्पर्कमा रहेका छन् । बाँकी २ हजार २२० हिमोफिलियायुक्त व्यक्तिहरुको पहिचान हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्