Logo
|
Wednesday 24th April 2024
Logo

epaper

अब ललितपुर महानगरभित्र ठेलामा पानीपुरी बेच्न नपाइने



जनस्वास्थ्य सरोकार, ललितपुर । ललितपुर महानगरभित्र अब ठेलामा पानीपुरी बेच्न नपाइने भएको छ । पानीपुरीको पानीमा हैजाको जीवाणु हुन सक्ने खतरा बढेपछि महानगरले ठेलामा पानीपुरी बेच्न रोक लगाउने निर्णय गरेको हो ।

महानगरको निर्णयसँगै आजैदेखि ललितपुर महानगरपालिकाका नगर प्रहरीहरुले ठेलामा पानीपुरी बेच्नेहरुलाई हटाउने छन् ।

महानगरले धेरै भिडभाड हुने क्षेत्रमा पानीपुरी बेच्दा प्रदुषित धुलोहरुले स्वास्थ्यमा गम्भिर असर पारीरहेको भन्दै चटपटे बेच्न सधैको लागि रोक लगाउने आन्तरिक तयारी गरीरहेको जनाइएको छ ।

पानीपुरीमा प्रयोग गरिने पानी दूषित र त्यसमा हैजाका जीवाणु मिसिएको हुनसक्ने भएकाले बिक्री वितरणमा रोक लगाइएको हो । यस्तै रेष्टुरेन्ट र होटलमा राखिएको पानीपुरी पनि बेच्न नदिने जनाइएको छ । पानी शुद्ध प्रयोग गरेको छ कि छैन भनेर हेरेपछि मात्रै बिक्री वितरण गर्न दिइनेछ ।

प्रतिक्रिया दिनुहोस्