‘लागूपदार्थको दुर्व्यसनबाट युवा पुस्तालाई बचाउनु सबैको दायित्व’- गृहमन्त्री बालकृष्ण खाण

जनस्वास्थ्य सरोकार, काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले लागू पदार्थको दुर्व्यसनबाट युवा पुस्तालाई बचाउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको सछ ।
लागूऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा गृह मन्त्रालयले आइतबार काठमाडौंमा गरेको कार्यक्रममा गृहमन्त्री खाणले लागू पदार्थको दुर्व्यसनबाट युवा पुस्ताको सुन्दर भविष्य बचाउन र नागरिकको रक्षा गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको हो ।
लागूपदार्थको दुर्व्यसनले सबैभन्दा बढी युवा पुस्तामा असर परिरहेको भन्दै लागूऔषध दुर्व्यसन कम गर्न सरकार संवेदनशील भएर काम गरिरहेको उल्लेख गर्नुभयो ।
उहाँले अहिले लागूपदार्थका अपराधमा दोषी देखिएका ६ हजारभन्दा बढी कारागारमा रहेको र मुलुकभर हुने अपराधिक गतिविधिमध्ये ८ प्रतिशतभन्दा बढी लागूपदार्थसँग सम्बन्धित रहेको बताउनुभयो ।