Logo
|
Thursday 25th April 2024
Logo

epaper

बिना शल्यक्रिया पेटमा अड्किएको चम्चा निकालियो

उपचारमा संलग्न चिकित्सक भन्छन्–‘नयाँ सफलता एवं अनुभव दिने घटना’



जनस्वास्थ्य सरोकार, काठमाडौँ । थापाथलीस्थित नर्भिक अस्पतालमा बिनाशल्यक्रिया आमाशयमा अड्किएको चम्चा निकालिएको छ ।
नर्भिक अस्पतालका पाचन रोग विशेषज्ञ तथा पाचन रोग केन्द्रका प्रमुख डा. सन्दीपराज कुँवर नेतृत्वको टिमले बिना शल्यक्रिया इण्डोस्कोपी गरी आमाशयमा गएर अड्किएको चम्चा निकालेको हो ।


काठमाडौकी एक १७ वर्षीया किशोरीले झुक्किएर निलेको चम्चालाई बिनाशल्यक्रिया र बिना कुनै चोट नबनाई निकाल्न सफल भएको अस्पतालका पाचन रोग विशेषज्ञ तथा पाचन रोग केन्द्रका प्रमुख डा. कुँवर जानकारी दिनुभयो ।


‘साइक्ट्रेकि इलनेश टाइप’को बिरामीले पानी खाने क्रममा झुक्किएर चम्चा निलेको डा. कुँवरको भनाई छ । डा. कुवँरले भन्नुभयो–‘साइक्ट्रेकि इलनेश टाइप’का बिरामीहरुलाई वाकवाक गरिरहन पर्ने र वाकवाकी गराउनका लागि चम्चा घाँटीतिर हाल्दा झुक्किएर निलेको देखिन्छ ।’

आमाशयमा अड्किएको चम्चा ४५ मिनेटको प्रयासमा बिनाशल्यक्रिया निकालिएको थियो । ‘चम्चा निकाल्ने क्रममा कतै पनि कुनै चोट वा घाउ समेत लागेन ।’ डा. कुवँरले भन्नुभयो–‘हाम्रा लागि यो नयाँ सफलता र नयाँ अनुभव दिने घटना पनि हो ।’ 

नेपालमा सम्भवत बिना शल्यक्रिया चम्चा नै आमाशयबाट सुरक्षित ढंगले निकालेको यो नै पहिलो घटना भएको डा. कुँवरले दाबी गर्नुभएको छ ।


डा. कुँवर नेतृत्वको टिमले यसअघि बच्चाहरुले झुक्किएर निकालेको सिक्का, झुक्किएर निलेको पिन र ठूलाले झुक्किएर निल्दा अड्किएको हड्डी समेत बिना शल्यक्रिया नै निकाल्दै आएको छ । 


आइतबार चम्चा निलेर आएकी बिरामीलाई रातभर अब्जरभेसनमा राखेर सबै अवस्था नर्मल देखिएपछि सोमबार बिहान डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्