Logo
|
Friday 26th April 2024
Logo

epaper

नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङद्धारा पदभार ग्रहण, ग्लोबल फण्डको कार्यक्रम सरकार आफैंले सञ्चालन गर्ने




जनस्वास्थ्य सरोकार, काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङले पदभार ग्रहण गर्नुभएको छ ।

राष्ट्रपति कार्यालय शितल निवासमा शपथ लिएपछि स्वास्थ्यमन्त्री खापुङले स्वास्थ्य मन्त्रालय पुगेर पदभार ग्रहण गर्नुभएको हो ।

पदभार ग्रहणसँगै मन्त्री खापुङले पहिलो निर्णयका रुपमा ग्लोबल फण्डको कार्यक्रम सरकार आफैंले सञ्चालन गर्ने प्रस्ताव मन्त्रिपरिषदमा पठाउने फाइलमा हस्ताक्षर गर्नुभयो। ग्लोबल फण्डको कार्यक्रम सेभ द चिल्ड्रेनले चलाउँदै आइरहेको छ। ग्लबोल फण्डले खासगरी एचआइभी, क्षयरोग, औलोका क्षेत्रमा सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्