बजारमा विदेशी नक्कली न्युट्रास्युटिकल्सको विगविगीः खाद्यपुरकको रुपमा अनुमति लिने, औषधि पसलबाट बेच्ने
औषधि व्यवस्था विभाग नेपाली औषधि उद्योगहरुलाई न्युट्रास्युटिकल्स उत्पादनको लाइसेन्स नै दिँदैन
जनस्वास्थ्य सरोकार, काठमाडौं । रुपन्देहीमा नक्कली औषधिको विक्रिवितरण, प्याकिङ र अधिकतम बिक्री मूल्य प्रिन्ट गर्ने न्युट्रस्युटिकल्सका उत्पादन रहेको नेपाल औषधि उत्पादक संघले स्पष्ट पारेको छ ।

संघले त्यहाँका गोदामहरुमा छापा मार्दा बरामद भउका वस्तुहरु नेपाली औषधि कम्पनिका उत्पादनहरु नभएको भन्दै विभिन्न सञ्चारमाध्यममा आएका समाचार भ्रामक रहेको उल्लेख गरेको छ ।
खाद्यपुरकको रुपमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट अनुमति लिएर आयात गरेर खाद्य पसलबाट नभई औषधि पसलबाट जनतालाई भ्रममा पारेर न्युट्रास्युटिकल्स बिक्री भइरहेकाले यसप्रति सम्बन्धित निकायको ध्यान पुगी ससक्त कारवाी प्रक्रिया अघि बढाउन संघले आग्रह गरेको छ । यसरी अनुमति दिने र बिक्री गर्ने निकाय फरक हुँदा यस प्रकारका विकृति फैलिने गरेको संघको निष्कर्ष छ ।
संघले स्वदेशी औषधि उद्योगले यस्ता औषधि सजिलै उत्पादन गर्ने भएकाले तत्काल उत्पादन गर्ने अनुमति प्रदान गर्नसमेत जोडदार माग गरेको छ ।

