Logo
|
Thursday 25th April 2024
Logo

epaper

डाक्टर कुट्ने ५ जना प्रहरीलाई विभागीय कारवाही



जनस्वास्थ्य सरोकार, काठमाडौं । डाक्टर कुट्ने ५ जना प्रहरीलाई विभागीय कारवाही गरिएको छ ।

ललितपुर जिल्लाको कुसुन्तीमा डाक्टरलाई कुटपिट गर्ने ट्राफिक प्रहरीजवान राजेन्द्र थापासहित पाँचजना विभागीय कारबाहीमा परेका हुन् । उनीहरूलाई ललितपुर ट्राफिक प्रहरी कार्यालयबाट बग्गीखानामा सरुवा गरिएको छ ।

थापाविरुद्ध किटानी जाहेरी परेमा थप कारबाही प्रक्रिया अघि बढाइने जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक सिद्दीविक्रम शाहले बताउनुभएको छ ।

ललितपुरको पुल्चोकस्थित आरोग्य स्वास्थ्य प्रतिष्ठानबाट आफ्नो डिउटी सकेर घर फर्किने क्रमममा प्रहरीको जाँच भइरहँदा टाँसिएर हिँडेको आरोप लगाउँदै प्रहरी जवान थापाले डा. कुलबहादुर घिसिङलाई कुटपिट गरेको जनाइएको छ । डा. घिसिङको अनुहारमा चोट लागेको छ । हाल उहाँको अल्का अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्