
जनस्वास्थ्य सरोकार, काभ्रे । अपाङ्ग बाल अस्पताल बनेपा काभ्रेको स्टाफ बोकेको बा १ क ५७४७ नम्बरको गाडी अस्पताल नजिकै दुर्घटना हुँदा १ जनाको मृत्यु ४० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रमुख चक्रराज जोशीका अनुसार दुर्घटनामा अस्पतालका महिला कर्मचारीको मृत्यु भएको बताउनु भयो ।
मृत्यु हुनेमा अस्पतालमा कार्यरत ४५ वर्षीय लेख कुमारी बस्नेत रहेको बताइएको छ । बसमा सवार अन्य ३५ जनाको विभिन्न अस्पतालमा उपचारका पठाईएको र अन्यको स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ ।
अस्पतालको बसले मोटरसाइकललाई साइड दिँदा बसले दिएको साइडको ठाउँ भासिएर दुर्घटना भएको बताइएको छ । दुर्घटनाग्रस्त बस रोड छेउको रुखमा अड्किएकोले ठूलो क्षति हुनबाट जोगिएको बताइएको छ ।
प्रकाशित मिति: शुक्रबार, असार १७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्सको नयाँ नेतृत्व चयन, प्रा.डा. राजिव झा अध्यक्ष
आइतबार, मंसिर १४, २०८२ट्रेन्डिङ
