Logo
|
Tuesday 19th March 2024
Logo

epaper

नेपालमा २००० भन्दा बढ़ी ERBA Mannheim उपकरण जड़ान गर्न सफल



जनस्वास्थ्य सरोकार, काठमाडौं । विगत २ दशकदेखि अस्पताल, ल्याब र स्वास्थ्य संस्थाहरूमा गुणस्तरीय र भरपर्दो स्वास्थ्य सामग्री आपूर्ति गर्दै आएको काठमाडौंको त्रिपुरेश्वरस्थित ओम् सर्जिकल कन्सर्न र प्रसिद्ध कम्पनी ERBA Mannheim ले नेपालमा २००० भन्दा बढ़ी उपकरण जड़ान गर्न सफल भएको छ ।

ERBA ले urine analysis, clinical chemistry and bacterial identification सम्बन्धी उपकरण उत्पादन र बिक्रीवितरण गर्दै आइरहेको छ ।

सो अवसरमा ओम सर्जिकल र ERBA को संयुक्त आयोजनामा काठमाडौंको मेरियट होटलमा ‘2000 analyzer installation in Nepal celebration event’ गरिएको छ । सो अवसरमा ERBA कम्पनीका उपकरण जड़ान गरेर सो उपकरण मार्फत स्वास्थ्य सेवा दिइरहेका देशभरका प्रतिष्ठित सरकारी र निजी तवरबाट सञ्चालित विभिन्न अस्पताल, स्वास्थ्य संस्था र ल्यावका प्रमुख र प्रतिनिधिको सहभागित रहेको थियो ।

कम्पनीका Global Product manager को उपस्थिति रहेको सो कार्यक्रममा उत्कृष्ट काम गरिरहेका विभिन्न अस्पताल, डाक्टर, ल्याब र ओम् सर्जिकल कन्सर्नका व्यापारिक साझेदारी संस्थाहरू लाई सम्मान गरियो ।

नेपालमा २००० भन्दा बढी Erba Mannheim का उपकरण जडान गर्न सफल भएकोमा खुशी व्यक्त गर्दै ओम सर्जिकल कन्सर्नका प्रबन्ध निर्देशक डा. आर.एस. भण्डारी

पूर्णस्वचालित (Fully Automated) र अर्ध स्वचालित (Semi Automated) प्रविधिमा उपलब्ध हुने ERBA का उपकरण १ लाख ५० हजार देखि ४० लाख रुपयाँ सम्मको मूल्यका रहेका छन् ।

ERBA का उपकरणहरू रगत र पिसाब नमुना जाँच मार्फत बिभिन्न रोगको परिक्षण गर्न अत्यन्तै भरपर्दो मानिने ओम सर्जिकल कन्सर्नका प्रवन्ध निर्देशक डा. आर.एस. भण्डारी बताउनुहुन्छ ।

संयुक्त राज्य अमेरिका, ल्याटिन अमेकिार, युरोप, अफ्रिका, मिडल इष्ट, भारत, चीन, दक्षिण पूर्वी एसिया र फार इष्टलगायत संसारभरका ६० भन्दा बढी देश र भु—भागमा बिगत ५० वर्ष भन्दा बढी समय देखी स्वास्थ्य उपकरण उत्पादन र बिक्री गर्दै आइ रहेको प्रसिद्ध कम्पनी Erba Mannheim को सन् २००८ देखि नेपालको लागी ओम सर्जिकल कन्सर्न एक मात्र आधिकारिक विक्रेता हो ।

२ दशकको अवधिमा ओम् सर्जिकल गुणस्तरीय उपकरण , प्रभावकारी प्राविधिक सहयोग र अबिछिन्न आपूर्ति मार्फत आफूलाई IVD क्षेत्रको उपकरण प्रदायक अब्बल संस्था साबित गर्न सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्