Logo
|
Thursday 28th March 2024
Logo

epaper

लायन्स क्लब अफ काठमाडौं रेडियन्सको अध्यक्षमा डा. महेशकुमार गौतमको टिम चयन



जनस्वास्थ्य सरोकार, काठमाडौं । वरिष्ठ बाल एवं एलर्जी रोग विशेषज्ञ डा. महेशकुमार गौतम लायन्स क्लब अफ काठमाडौं रेडियन्सको अध्यक्षमा चयन हुनुभएको छ ।


उहाँको कार्यकाल १ वर्षको हुनेछ । पूर्व अध्यक्ष डा. तेस्सु सिंह मल्लले डा. गौतमलाई १ जुलाई २०२२ मा कार्यभार हस्तान्तरण गर्नुभएको हो ।


क्लवको पहिलो उपाध्यक्षमा डा. रुपेश शेरचन, दोस्रो उपाध्यक्षमा डा. रविन वस्नेत, तेस्रो उपाध्यक्षमा डा. एलिना कार्की, सचिवमा डा. सुजिता भण्डारी, कोषाध्यक्षमा डा.रेश्मा ढकाल, सह सचिवमा डा. मनिष थापा, सहकोषाध्यक्षमा डा. श्वेच्छा क्षेत्री रहनुभएको छ ।

यसैगरी क्लवकोको क्लव एडमिनिस्टे्रटरमा डा. आरति मल्ल, मार्केटिङ एण्ड कम्युनिकेसन विभागको अध्यक्षमा डा. एकराज ढकाल, सर्भिस विभागको अध्यक्षमा डा. एलिसा महर्जन, मेम्मरसिप विभागको अध्यक्षमा डा. राकेश शाह, २ वर्षका लागि वोर्ड अफ डाइरेक्टरमा डा. विवेक खड्का, डा. सुवर्णध्वज थापा चयन हुनुभएको छ ।

यसैगरी क्लवको एक वर्षका लागि वोर्ड अफ डाइरेक्टरमा डा. शिखर श्रेष्ठ, डा. दिपमाला कार्की र डा. विश्व ठाकुर चयन हुनुभएको छ ।


लायन्स क्लब अफ काठमाडौं रेडियन्समा १०० जना भन्दा बढी नेपाली डाक्टरहरु सदस्य रहेका छन् ।

कार्यभार सकिन एकदिन अघि डा. मल्लले लायन्स क्लब अफ काठमाडौं रेडियन्स र नेपाल ओर्गान डोनेसन संस्थासँग ओर्गान डोनेसनसम्बन्धि जनमानसमा जनचेतना अभिवृद्धि गर्न सहकार्य गर्ने सहमतिमा दस्तखत गर्नुभयो ।


यसैगरी नवनिर्वाचित अध्यक्ष डा. महेश कुमार गौतमले कार्यभार सम्हालेको दिन ३ वटा संस्थासँग सहकार्य गर्ने सहमतिपत्रमा दस्तखत गर्नुभएको छ ।


डा. गौतमले बाल एलर्जीसम्बन्धि पेडियाट्रिक अस्थ्मा एलर्जी इम्युनोलोजी प्राक्टिक्सनर्स सोसाइटी अफ नेपाल (प्याइप्सन) सँग नेपालमा ‘वातावरण र एलर्जी रोग’ बारेमा जनचेतना बढउन सहकार्य गर्ने सहमतिमा दस्तखत गर्नुभयो ।

यसैगरी उहाँले धन योग फाउन्डेसन नेपालकी अध्यक्ष स्मृति शर्मा तिवारीसँग ‘डाएबिटिज, मोतिविन्दु र एलर्जी रोग’ बारे जनचेतना बढाउन सहकार्य गर्ने सहमतिमा दस्तखत गर्नुभयो । यसैगरी डा. गौतमले बुढानिलकण्ठमा रहेको बाल घर माउटेन चिल्ड्रेन होम डाँडागाउँसँग एक वर्षसम्म हरेक ३ महिनामा निःशुल्क स्वास्थ्य जाँच र आवश्यक औषधि पनि उपलब्ध गराउने सहमति भएको हो ।


नयाँ कार्यसमितिमा विभिन्न विज्ञ डाक्टरहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्