Logo
|
Thursday 28th March 2024
Logo

epaper

सामाजिक सुरक्षा कोषमा आवद्ध श्रमिकले २६ अस्पतालमा परिचयपत्र देखाएर निःशुल्क उपचार गर्न पाउने



जनस्वास्थ्य सरोकार काठमाडौं । सामाजिक सुरक्षा कोषमा आवद्ध श्रमिकले २६ अस्पतालमा परिचयपत्र देखाएर निःशुल्क उपचार गर्न पाउने व्यवस्था मिलाइएको छ।

सामाजिक सुरक्षा कोषले स्वचालित विद्युतीय प्रणालीमा आधारित स्वास्थ्य सेवा प्रवाहअन्तर्गत सो सुविधा मिलाइएको हो ।

स्वास्थ्य सेवा प्रवाहको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले सोमबार शुभारम्भ गनुृभयो । यसका लागि कोषले काठमाडौं र काठमाडौं बाहिर गरी १२६ वटा अस्पतालसँग सम्झौता गरेकोमा हाल २६ वटा अस्पतालहरुबाट स्वचालित विद्युतीय प्रणाली सेवा शुरु गरेको जनाएको छ । कोषको सुचना प्रविधि प्रणालीमा आवद्धतासँगै अन्य अस्पतालहरुको सूचि कोषको वेवसाइट धधध।कका।नयख।लउ मार्फत अध्यावधिक गर्दै लगिने कोषले जनाएको छ ।

कोषले परीक्षणकालमा योगदानकर्ताले औषधि उपचार गराएकै दिन सम्बन्धित अस्पताललाई ८० प्रतिशत रकम जम्मा गर्न थालिसकेको बताएको छ । यसअघि स्वचालित विद्युतीय प्रणाली शुरुवात नभएको हुँदा योगदानमा आधारित कोषमा आवद्ध श्रमिकहरूले औषधि–उपचारबापतको रकम भुक्तानी लिन कोषमा नै दाबी गर्नुर्पर्थ्यो ।

यो सँगै उपचारका लागि ठूलो रकमको जोहो गर्नुनपर्ने र शोधभर्नाका लागि कागजातसहित कोष कार्यालयमा जानुपर्ने झन्झटको अन्त्य भएको उल्लेख छ ।
कोषले सञ्चालन गर्ने सुविधाहरूमा औषधि उपचार, स्वास्थ्य तथा मातृत्व र दुर्घटना तथा अशक्तता सुरक्षा योजनासँग सम्बन्धित रहेका छन् । योगदानकर्ताको सुविधालाई मध्यनजर गरी परीक्षणका रुपमा स्वास्थ्य संस्थामार्फत औषधि उपचार सेवा प्रारम्भ गरेकाले कोषबाट प्रदान गरिने स्वास्थ्य सुविधाहरू तोकिएका स्वास्थ्य संस्थाहरुबाट प्राप्त गर्न सकिने छ । कोषसँग आबद्ध भई स्वास्थ्य सुविधा योजना प्रदान गर्ने अस्पतालहरूको नामावाली यस प्रकार छ ।

प्रतिक्रिया दिनुहोस्