
जनस्वास्थ्य सरोकार, काठमाडौँ । सिंहदरबार वैद्यखाना विकास समितिमा लामो समयदेखि सिर्जना भएको समस्या समाधानका लागि सुझाव दिन अधिकृत कर्मचारी ऋषिराज रेग्मीको संयोजकत्वमा छ सदस्यीय कार्यदल गठन गरिएको छ ।
कार्यदलको सदस्यमा सतीश पौडेल, रुन्धताकुमारी खरेल, डा विनोद साह, डा हरिदेवप्रसाद यादव र रामप्रवेशप्रसाद जयसवाल रहनुभएको निमित्त कार्यकारी निर्देशक डा श्यामबाबु यादवले जानकारी दिनुभयो ।
समितिबाट औषधि उत्पादन बन्द भएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत सोमबार यादवलाई निमित्त कार्यकारी निर्देशकका रुपमा नियुक्त गरेको थियो ।
उत्पादन बन्द भएपछि समितिका कर्मचारीले चार महिनादेखि तलबसमेत पाएका थिएनन् । यादव कार्यालयमा हाजिर भएको एक सातामा त्रिफलाबाट गत शुक्रबारदेखि औषधि उत्पादन सुरु गरिएको छ । कर्मचारीले आइतबार नै चार महिनाको तलब पनि पाएका छन् ।
बाँकी समस्या समाधान गरी कार्यालयलाई सुव्यवस्थितरुपमा अघि बढाउन सुझावसहितको प्रतिवेदन दिने म्यान्डेट कार्यदललाई दिइएको छ । कार्यदललाई असार अन्तिमसम्म प्रतिवेदन बुझाउने समय दिइएको पनि निमित्त कार्यकारी निर्देशक यादवले सुनाउनुभयो । रासस
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
