Logo
|
Monday 25th September 2023
Logo

epaper

मांशपेशी दुखाइको लागि हर्बल ट्रान्सडर्मल प्याच Viopatch नेपाली बजारमा



जनस्वास्थ्य सरोकार, काठमाडौं । काटमाडौंको कमलपोखरीस्थित गायत्री इन्टरनेशनलले मांशपेशी दुखाइको लागि हर्बल ट्रान्सडर्मल Viopatch नेपाली बजारमा ल्याएको छ । यो कुनै पनि प्रकारको मांसपेशी दुखाईको लागि प्रयोग हुने प्याच हो ।

Viopatch ले तपाईँको मांसपेशीदुखाइलाई झन्झट रहित निको पार्न सहयोग गर्दछ । Viopatch आफ्नो प्रकारको पहिलो ट्रान्सडर्मल प्याचहो जसले छाला मार्फत दुखाईको भागमा औषधि पठाउँछ जसले गर्दा औषधिको अधिकांश मात्रा दुखाई भएको ठाउँमा पुगेर अधिकतम राहत प्रदान गर्दछ ।


Viopatch गन्धपुरा तेल, मन्थोल,कपूर,युकलिप्टस तेल र लौंग तेल गरी पाँच प्रकारका शक्तिशाली प्राकृतिक पीडा निवारकको मिश्रणबाट तयार गरिएको छ ।


चोटपटक वा तनावको कारणले गर्दा हुने ढाँड दुखाईका लागि Viopatch प्रयोग गर्दा रक्तसञ्चारमा सुधार ल्याउँछ र स्नायु शान्त बनाउँछ जसले गर्दा दुखाईमा तत्काल र दीर्घकालीन रुपमा राहत प्रदान गर्दछ ।


“Cervical Spondylosis” ले गर्दा हुने घाँटी दुखाई, लामो समयसम्म बस्दा हुने मर्काई वा दुखाईमा,Viopatch को प्रयोगले घाँटी दुखाईमा तुरुन्तै राहत प्रदान गर्दछ । प्याचको स्ट्रेचेबल र लचिलो डिजाइनले घाँटीको चालमा कुनै असर गर्दैन र घाँटीबाट काँधसम्म आरामदायी अनूभूति दिन्छ ।


व्यस्त जीवनशैली वा चोटपटकबाट हुने सबै प्रकारको मांसपेशी दुखाईबाट ग्रसित मानिसहरुमा Viopatch को प्रयोगले मांसपेशी दुखाईँलाई छिटो निको पार्दछ र लगाएको भागमा रक्तसञ्चारमासमेत सुधार ल्याउँछ ।


बोक्न सजिलो, प्रयोग गर्न सजिलो
यो प्याच तपाईँको खल्तीमा राख्न सकिन्छ र आवश्यक परेको अवस्थामा शरीरको कुनै पनि भागमा सजिलै प्रयोग गर्न सकिन्छ ।


प्याच प्रयोग गर्न धेरै सजिलो
यस प्याचको ब्याकिङ प्रोटेक्टिभ ट्रान्सप्यारेन्ट फिल्मको बीचमा एस आकारको कट हुन्छ जुन प्रयोग गर्नअगाडि निकाल्नुपर्छ । त्यस पछि प्याच शरीरको धेर ैदुखाई भएको भागमा ब्यान्ड ऐड जसरी लगाउन सकिन्छ । यसरी प्याच लगाएको १२ देखि २४ घण्टाको बीच यसलाई झिक्न सकिन्छ । प्याच शरीरको धेरै रौँ भएको ठाउँमा लगाएमा तातो पानीको प्रयोग गरी झिक्न सकिन्छ ।


औषधिको प्रभाव निरन्तर रुपमा १२ घण्टासम्म रहिरहने
एकपटक प्याच लगाइसकेपछि यसले ५ मिनेटभित्र औषधि छाला मार्फत गर्इ दुखाई भएको ठाउँमा पुगी निरन्तर १२ घण्टासम्म काम गर्दछ जसले गर्दा तत्काल र दीर्घकालीन रुपमा राहत प्रदान गर्दछ ।

झन्झटरहित, गन्द रहित र चिल्लो रहित
Viopatch झन्झटरहित, गन्दरहित, चिल्लोरहित वाटर प्रुफ प्याच हो जुनकुनै पनि समय जहाँपनि प्रयोग गर्न सकिन्छ । यो प्याच प्रयोग गर्न सजिलो छ र कुन ैपनि किसिमको मसाजको आवश्यकता पर्दैन । यो प्याच छाला अनुकुल बनेको छ जसको प्रयोग पश्चात् छालामा कुनै पनि किसिमको नकारात्मक असर पर्दैन ।


शत्प्रतिशत हर्बल – कुनै साइड इफेक्ट छैन
दुखाईको लागि मुखबाट खाने औषधिको धेरै नकारात्मक असर हुन्छन् जस्तै एसिडिटी, कलेजो/मृगौलामा क्षति हुन्छ तर Viopatch क्लिनिकल परीक्षण गरिएको छ जसले गर्दा यसको प्रयोग शत्प्रतिशत सुरक्षित छ र हानिकारक रसायन रहित छ । Viopatch को प्रयोगले पाचन प्रणालीमा कुनै असर नगर्ने हुँदा यसको कुनै नकारात्मक असर छैन ।

प्रतिक्रिया दिनुहोस्