सबैभन्दा कान्छा आरोही शम्भु तामाङको क्यान्सरका कारण निधन

जनस्वास्थ्य सरोकार, काठमाडौं । सबैभन्दा कम उमेरमा विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेर विश्व कीर्तिमान बनाउनुभएका शम्भु तामाङको क्यान्सर रोगका कारण निधन भएको छ।
ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा उपचाररत उहाँको बिहीबार निधन भएको हो।
लिसङ्खुपाखर गाउँपालिका–२, सिन्धुपाल्चोक स्थायी घर भई काठमाडौँ महाराजगञ्ज बस्दै आउनुभएका तामाङले सन् १९७३ मे ५ तारिखका दिन सगरमाथाको सफल आरोहण गर्नुभएको थियो । सगरमाथाको शिखर चुम्दा उहाँ १७ वर्ष ६ महिना १५ दिनका हुनुहुन्थ्यो ।