
जनस्वास्थ्य सरोकार, काठमाडौँ । गोली प्रहारबाट घाइते भएका जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधन भएको छ । जापानी सञ्चार माध्यम एनएचकेले सिन्जोको राजनीतिक दल लिवरल डेमोक्रयाटिक पार्टीको स्रोतलाई उद्धृत गर्दै उहाँको निधन भएको जनाएको छ ।
जापानको पश्चिम क्षेत्रको नारा भन्ने स्थानमा सडकमा भाषण गरिरहेको अवस्थामा उहाँमाथि पछाडिबाट गोली प्रहार भएको थियो । उहाँलाई नारा मेडिकल युनिभर्सिटीमा भर्ना गरी उपचार गरिएको थियो ।
जापानमा आइतबार माथिल्लो सदनका लागि निर्वाचन हुँदैछ । यसका लागि शिन्जो त्यहाँ प्रचारप्रसारका लागि जानुभएको थियो । ६७ वर्षीय शिन्जो लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) सँग आवद्ध हुनुहुन्थ्यो । आबे सन् २००६ देखि २००७ सम्म प्रधानमन्त्री् हुनुहुन्थ्यो । त्यसपछि उनी २०१२ देखि २०२० सम्म लगातार ८ वर्ष प्रधानमन्त्री हुनुभयो ।
प्रकाशित मिति: शुक्रबार, असार २४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
रिपोर्ट विशेष
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्सको नयाँ नेतृत्व चयन, प्रा.डा. राजिव झा अध्यक्ष
आइतबार, मंसिर १४, २०८२ट्रेन्डिङ
