Logo
|
Sunday 27th November 2022
Logo

epaper

देशभर १२१ जनामा कोरोना संक्रमण, ३१ जना संक्रमणमुक्त



जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो २४ घण्टामा थप १२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ३ हजार ४५ जनाको परीक्षणमा १२१ जनामा संक्रमण भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ७०० जनाको पीसीआर परीक्षण गर्दा १०४ जना र १ हजार ३४५ जनाको एन्टिजेन परीक्षण गर्दा १७ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ।

पछिल्लो २४ घण्टामा ३१ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ६७८ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्