Logo
|
Thursday 25th April 2024
Logo

epaper

स्वास्थ्यराज्य मन्त्री केसीद्धारा दाङका स्वास्थ्य संस्थाहरुको अनुगमन



जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्री हीराचन्द्र केसीले दाङका स्वास्थ्य संस्थाहरुको अनुगमन गर्नुभएको छ ।

स्वास्थ्य राज्य मन्त्री केसीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती प्रादेशीक अस्पताल, लमहि अस्पताल र प्रादेशीक आयुर्वेद चिकित्सालय विजौरीको अनुगमन गर्नुभएको हो । अनुगमनका क्रममा स्वास्थ्य राज्य मन्त्री केसीले स्वास्थ्य संस्थाको सुदृढिकरणका लागि पहल थाल्ने बताउनुभयो ।


राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको निरीक्षण पछि स्वास्थ्य राज्य मन्त्री केसीले प्रतिष्ठानलाई थप व्यवस्थीत गर्ने र भरपर्दो स्वास्थ्य संस्थाको रुपमा विकास गरिने बताउनुभयो । उहाँले भन्नुभयो– ‘प्रतिष्ठान दाङको इज्जत प्रतिष्ठासँग जोडिएको विषय हो । प्रतिष्ठानका लागि केन्द्र सरकारबाट पूर्ण सहयोग हुन्छ । ’


प्रतिष्ठानका रजिष्ट्रार प्रकाश थापाले प्रतिष्ठानको समग्र अवस्था र योजनाबारे जानकारी गराउनुभएको थियो । प्रतिष्ठानमा दैनिक छ सय विरामीले उपचार सेवा लिने गरेको प्रतिष्ठानका निर्देशक डा. प्रज्ञा बस्नेतले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्