Logo
|
Wednesday 30th November 2022
Logo

epaper

उपचार सेवालाई सहज र प्रभावकारी बनाउन स्वास्थ्यमन्त्री खापुङको निर्देशन



जनस्वास्थ्य सरोकार, गण्डकी । नेपाल सरकारका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भवानीप्रसाद खापुङले आज पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल निरीक्षण गर्नुभएको छ ।

उहाँले अस्पतालमा भइरहेका सेवा प्रवाह, भोग्नुपरेका कठिनाई लगायत विषयमा जानकारी लिनुभएको छ । निरीक्षणका क्रममा उनले अस्पतालबाट प्रदान गरिने उपचार सेवालाई सहज र प्रभावकारी बनाउन निर्देशन दिनुभयो ।

मन्त्री खापुङलाई अस्पतालका निर्देशक डा भरतबहादुर खत्रीले अस्पतालबाट भइरहेका सेवा प्रवाहसँगै भौतिक पूर्वाधार, जनशक्ति, उपकरणको अवस्थालगायत विषयमा जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्