Logo
|
Friday 19th April 2024
Logo

epaper

गठबन्धन सरकारले स्वास्थ्य क्षेत्रमा भ्रष्टाचार गरेको एमालेको आरोप (विज्ञप्तिसहित)



जनस्वास्थ्य सरोकार, काठमाडौँ । प्रमुख विपक्षी नेकपा एमालेले गठबन्धन सरकारले खोप वितरणमा लापरबाही र स्वास्थ्य क्षेत्रमा व्यापक अनियमितता र भ्रष्टाचार गरेको आरोप लगाएको छ ।

एमालेले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा स्वास्थ्य विभाग प्रमुखसमेत रहेका केन्द्रीय कमिटी सचिव योगेश भट्टराईले गठबन्धन सरकारको एक वर्ष खेर गएको टिप्पणी गर्नुभयो ।

एमालेले आर्थिक वर्ष सकिन ३ दिन बाँकी रहँदा पुरानो मितिमा निर्णय गराएर ठूलो मात्रामा बजेटको रकमान्तर गर्नु स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको चरम अनियमितता र सत्ताको दुरुपयोग भएको बताएको छ ।

एमालेले कोभिड १९ को महामारीलाई नियन्त्रण गर्न विश्व स्वास्थ्य संगठनले नेपाललगायतका देशलाई सन् २०२२ जुन महिनाको अन्तिम ९असार १५० सम्ममा कुल जनसंख्याको ७० प्रतिशतलाई कोभिडविरुद्धको खोप लगाउनुपर्ने भनी दिएको लक्ष्य, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कमजोर व्यवस्थापन र नेतृत्वका कारण, पर्याप्त खोप हुँदाहुँदै पनि पूरा हुन नसकेको जनाएको छ ।

कर्णाली प्रदेशका सबै जिल्ला, खोटाङ, रौतहट, बझाङ, सिरहा, धनुुषा, सिन्धुली, उदयपुर, मोरङ र पाँचथरलगायतका जिल्लामा अझै पनि जनसंख्याको ४० प्रतिशतले खोप नपाएको एमालेको आरोप छ । त्यस्तै २७६ स्थानीय तहमा पनि ४० प्रतिशतले अझै खोप प्राप्त गर्न नसकेको भट्टराईले बताउनुभयो ।

Press-Statement-of-Health-Popolation-Dept

प्रतिक्रिया दिनुहोस्