Logo
|
Wednesday 10th August 2022
Logo

epaper

भन्सार छलेर ल्याइका एक करोड मूल्य बराबरको अवैध मेडिकल उपकरण प्रहरीद्धारा बरामद



जनस्वास्थ्य सरोकार, ढल्केवर, धनुषा । भन्सार छलेर ल्याइका एक करोड मूल्य बराबरको अवैध मेडिकल उपकरण प्रहरीले बरामद गरेको छ । धनुषा जिल्ला प्रहरी कार्यालयले मेडिकल उपकरणसहित भारतीय नम्बर प्लेटको स्कार्पियो गाडी र तीन जना व्यक्तिलाईसमेत नियन्त्रणमा लिएको हो ।

भारतीय नम्बरप्लेट बि आर ०१ पि के ६६६६ नम्बरको स्कर्पियो र तीन भारतीय नागरिक विपनिकुमार सिंह, शंकर सिंह र सुरज सिंह प्रहरीले नियनत्रणमा लिएको छ । जनकपुर उपमहानगरपालिका ९ संकटमोचन मन्दिर नजिकै विनयकुमार झाको घरमा लुकाएर राखिएको अवस्थामा ती सामान बरामद गरिएको छ ।

उक्त मेडिकल उपकरणहरु झाको घरमा भाडा लिएर लुकाइछिपाई मेडिकल उपकरढाहरु बिक्री वितरण हुने गरेको गोरखापत्रले समाचार लेखेको छ ।

प्रतिक्रिया दिनुहोस्