Logo
|
Friday 29th March 2024
Logo

epaper

उपचारका लागि ठूला शहर तथा विदेश धाउनुपर्ने बाध्यताको अन्त्य गर्नुपर्छ : राष्ट्रपति भण्डारी



जनस्वास्थ्य सरोकार, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले जनआकाङ्क्षा अनुरुप स्वास्थ्य शिक्षा तथा सेवामा सबैको पहुँच स्थापित गर्न स्वावलम्बी एवं आत्मनिर्भर स्वास्थ्य प्रणाली अवलम्बन गर्नुपर्नेमा जोड दिनुभएको छ ।

त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानको ५०औँ वार्षिकोत्सवका अवसरमा आज काठमाडौँमा आयोजित समारोहलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति भण्डारीले स्वास्थ्य क्षेत्रको विकासका लागि भौतिक एवं संस्थागत पूर्वाधार व्यवस्था गरिनुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रपति भण्डारीले शिक्षा र स्वास्थ्य क्षेत्रलाई विकेन्द्रित गर्दै उपचारका लागि ठूला शहर तथा विदेश धाउनुपर्ने बाध्यताको अन्त्य गर्नुपर्ने बताउनुभयो  ।

समारोहमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भवानीप्रसाद खापुङले नागरिकलाई आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न सरकारले प्रत्येक स्थानीय तहमा आधारभूत अस्पताल निमार्णको कार्य अघि बढाएको जानकारी दिनुभयो ।

समारोहमा चिकित्सा शास्त्र अध्ययन संस्थानकी डीन प्रा.डा. दिव्या सिंह शाहले यस अध्ययन संस्थानका उत्पादनहरूले स्वदेशी तथा विदेशी चिकित्सा क्षेत्रको नेतृत्व गरिरहेको भन्दै संस्थानलाई थप सुदृढ बनाउन पाठ्यक्रमको समयानुकूल परिमार्जन र संस्थागत विकासमा राज्यले ध्यान दिनुपर्ने बताउनुभयो । 

समारोहमा संस्थानका पूर्व डीनहरुलाई राष्ट्रपति भण्डारीले प्रमाणपत्रद्वारा सम्मान गर्नुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्