Logo
|
Wednesday 24th April 2024
Logo

epaper

नौ वर्षमा ३ लाख भन्दा बढी बाथरोगीको उपचारः अन्तर्राष्ट्रिय अभ्यास र टेक्नोलोजी भित्र्याउन सफल



नौ वर्षको अवधिमा कति वाथरोगीले उपचार सेवा प्राप्त गरे ?
काठमाडौँको रातोपुलस्थित नेशनल बाथ रोग सेन्टरले हालसम्म ३ लाख भन्दा बढी बाथ रोगीहरुको उपचार गर्न सफल भएको छ । सेन्टरले ९ वर्षको अवधिमा यति धेरै बाथ रोगीहरुको उपचार गर्न सफल भएको हो । सेन्टर वि.सं २०७० साल जेठ २२ गते स्थापना भएको थियो । यस अवधिमा सेन्टरले देशका ८ स्थानमा शाखा विस्तार गरेर स्थानीय तहमा बाथ रोग उपचार सेवा उपलब्ध गराउन सफल भएको छ ।

चुनौतिलाई कसरी अवसरमा परिणत गराउन सफल हुनुभयो ?
हामीले बाथ रोग सेन्टर स्थापना गर्ने बेलासम्म सर्वसाधारणहरुमा बाथ रोगबारे जनचेतना थिएन । बाथ दीर्घ रोग हो, यो रोग लागेपछि लामो समय औषधि सेवन गर्नुपर्छ र औषधि सेवनले मात्र रोग नियन्त्रणमा राख्न सकिन्छ भन्ने बारे उनीहरुलाई ज्ञान नै थिएन ।

जोर्नी दुखाइमा पेन किलर खाएर निको हुन्छ भन्ने आमसर्वसाधारणको बुझाइ थियो । त्यसैले हामीले स्थापना कालको पाँच वर्ष बाथ रोगबारे जनचेतना अभिबृद्धि गर्ने काम गर्यौँ ।

त्यसैगरी केन्द्रमा अन्तर्राष्ट्रिय स्तरका उपचार प्रविधि नभित्र्याउनु अर्को चूनौतिको विषय थियो । कुनै टेक्नोलोजी भित्र्याएर मात्र भएन, त्यसलाई चलाउन दक्ष जनशक्तिको भूमिका उत्तिकै महत्वपूर्ण हुन्छ । आफूसँग भएको जनशक्ति ट्रेन गर्नु, अत्याधुनिक अटोइम्युन ल्याव स्थापना गर्नु र गुणस्तरीयतालाई नियन्त्रणमा राख्नु मुख्य चुनौतीका विषय थिए । हामी लामो समय बाथरोगबारे अन्तर्राष्टिय जतगमा भइरहेका अभ्यास र टेक्नोलोजी नेपाल भित्र्याउन सफल भयौं । सम्भवतः इएनए, नेल फर क्याल्पोस्कोपी र मस्कुलोस्केटल अल्ट्रासाउन्ड जस्ता अत्याधुनिक उपकरण नेपाल भित्र्याउने केन्द्र पहिलो संस्था हो । यसरी उपकरण नेपाल भित्रिदा बिरामीलाई उपचारका लागि विदेश धाउनुपर्ने बाद्यताको अन्त्य भएको छ ।

विदेशमा सय रुपियाँ लाग्ने जाँच नेपालमा पचास–साठ्ठी रुपियाँमा सम्भव भएको छ । यसले बिरामीलाई ठूलो आर्थिक सहुलियत प्राप्त भएको छ ।

नेशनल बाथ रोग सेन्टरमा किन आउने ?
नेशनल बाथ रोग सेन्टरमा आइसकेपछि तपाइलाई कुन रोग लाग्यो, उपचार कसरी गर्ने भन्ने बारे सहि जानकारी दिन हामी सक्षम छौँ । बाथ रोगको उपचारका क्रममा कुनै इम्युनोलोजिकल जाँच गर्न परे सबैखाले ल्यावटेस्ट केन्द्रमै उपलब्ध छ । यदि कसैलाई लुपस बाथ भएको अवस्थामा बिटा टु ग्लाइकोप्रोटिन, एन्टीफस्फोलिपिड जस्ता जाँच गर्नुपर्छ ।

हामीसँग बाथ रोगका लागि आवश्यक सबैखालका डायग्नोसिस प्यारामिटरहरु तयारी अवस्थामा छन् । कुनै घटना जटिल हुन गएमा पनि विषम परिस्थितीलाई सम्हाल्न सक्ने दक्ष जनशक्तिको टिम छ । पुर्वाधार तयारी अवस्थामा छन् ।

व्यवस्थापकीय पक्षलाई कसरी चुस्त बनाउनुभएको छ ?
व्यवस्थापन भनेको ‘डे टु डे’ लाइफ हो । किताबमा लेखिएको जस्तो रणनीति र प्रोटोकल हाम्रो जस्तो परिस्थितिमा नचल्दो रहेछ । हामीकहाँ धेरैजसो समस्या संयोगवश आइपर्छन् । बिहान उठेपछि आज जुनसुकै समस्या आएपनि समाधान दिन्छु भनेर आत्मविश्वासका साथ काम गर्नुपर्छ ।

व्यवस्थापकीय भूमिकामा बस्ने मानिसहरु हरपल तयारी अवस्थामा बस्नुपर्छ । पुर्वाधार तयारी गर्नुपर्छ । आफुसँग भएका जनशक्तिलाई ट्रेनिङ दिएर तयारी अवस्थामा राख्नुपर्छ । जनशक्तिलाई निरन्तर सिकाउनुपर्छ । काम गर्ने दौरानमा कमी कमजोरी व्यक्ति वा क्षेत्रबाट हुनसक्छ । यस्ता कमी कमजोरी पहिचान गरी भावी दिनमा नदोहोर्याउन व्यवस्थापकीय पक्षले पहल गर्नुपर्छ ।

साथै सरकारको नीतिलाई पनि मान्नुपर्छ । सरकारको नीति नियमको परिधिमा रहेर उपचारका लागि आउने बिरामीहरुलाई इमान्दारीपूर्वक सेवा गर्न सफल भएका छौं ।
(कक्षपति नेशनल वाथरोग सेन्टरका प्रबन्ध निर्देशक हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्