Logo
|
Wednesday 10th August 2022
Logo

epaper

बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति डा रौनियारको निधन



जनस्वास्थ्य सरोकार, काठमाडौँ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पूर्व उपकुलपति डा राजकुमार रौनियारको निधन भएको छ।

उहाँको मंगलबार बिहान १० बजे निधन भएको हो। डा रौनियार मिर्गौला रोगबाट ग्रसित हुनुहुन्थ्यो ।

प्रतिष्ठानको उपकुलपति रहँदा उहाँमाथि भ्रष्टाचारको आरोप लागेको थियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा समेत हालेको थियो। गत महिना मात्र उहाँले सफाई पाउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्