जनस्वास्थ्य सरोकार, काठमाडौं । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा मुटुका लागि शल्यक्रिया गर्न अनिवार्य ‘अक्सिजेनेटर’ उपकरण नभएपछि मंगलबार ४५ जना शल्यक्रिया गर्नुपर्ने बिरामी एकैदिन निकालेर घर पठाइएको छ । मुटुको शल्यक्रिया रोकिएको जानकारी गराएर उनीहरुलाई घर पठाइएको हो ।

केही समयअघि मात्र इटलीको सोरिन कम्पनीबाट १ हजार ५ सय ४६ वटा ‘अक्सिजेनेटर’ ल्याउने हस्पिटेक इन्टरप्राइजेजसँग सम्झौता भएको थियो । तर यो आउने कुनै निश्चितता छैन । दैनिक करिब ७ जनाको मुटुको शल्यक्रिया हुँदै आएको केन्द्रले अक्सिजेनेटर मेसिन सकिन लागेको थाहा पाउँदा पाउँदै पनि कोभिडको कारण देखाएर शल्यक्रिया कम हुने भन्दै सामान खरीदमा कुनै चासो देखाएको थिएन । एक महिनाअघि मात्र व्यवस्थापनले सामान खरीद प्रक्रिया अघि बढाएको थियो ।
मुटुको शल्यक्रिया गर्दा मुटु र फोक्सोको काम कृत्रिम रूपमा सञ्चालन गर्न अक्सिजेनेटरको जरुरत पर्छ । एक पटकमा एक जनालाई मात्र प्रयोग गर्न मिल्ने यो मेसिनले रगतमा कार्वनडाइडअक्साइडको मात्रा हटाएर अक्सिजन हाल्ने काम गर्छ । यसको मूल्य ४० देखि ५० हजारसम्म रुपियाँ सम्म पर्छ ।
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
