Logo
|
Wednesday 30th November 2022
Logo

epaper

देशभर ३९१ जनामा कोरोना सङ्क्रमण, सक्रिय सङ्क्रमित २ हजार नाघ्यो



जनस्वास्थ्य सरोकार, काठमाडौँ । देशभर थप ३९१ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ३ हजार ९८१ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ३४० तथा एन्टिजेन विधिबाट ५१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको हो ।

यही अवधिमा थप ४६ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या २ हजार २७६ पुगेको छ । पछिल्लो २४ घण्टामा थप कसैको मृत्यु भएको छैन । त्यस्तै, १ लाख ३२ हजार ५१५ जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्