
जनस्वास्थ्य सरोकार, डोटी । बिरामी बोक्न प्रयोग हुँदै आएको एम्बुलेन्स घरेलु काममा प्रयोगका क्रममा डोटीमा दुर्घटनामा परेको छ ।
डोटीको बडीकेदार गाउँपालिका वडा नम्बर १ बर्छैन स्वास्थ्य चौकीको एम्बुलेन्स गत बिहीबार राती १० बजे दुर्घटनामा परेको हो । एम्बुलेन्स चालक तेज बोहराले आफ्नै काका पुष्कर बोहरालाई घर पुर्याउ जाँदा वीपीनगरको सोखानमा दुर्घटना भएको हो।
स्थानीयले भने गैरचालकले मदिरा सेवन गरेर एम्बुलेन्स चलाउँदा दुर्घटना भएको दाबी गरेका छन् । एम्बुलेन्सको बीमा नवीकरण समेत नभएको अवस्थामा काकालाई बोकेर रातीको समयमा घरायसी प्रयोजनमा सो एम्बुलेन्स प्रयोग भएको हो । वडा नम्वर १ का वडा अध्यक्ष डम्बरबहादुर बोहराले पनि दुर्घटना हुनै नसक्ने स्थानमा दुर्घटना भएको बताएका छन् ।
प्रकाशित मिति: शुक्रबार, साउन ६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्सको नयाँ नेतृत्व चयन, प्रा.डा. राजिव झा अध्यक्ष
आइतबार, मंसिर १४, २०८२ट्रेन्डिङ
