Logo
|
Tuesday 21st March 2023
Logo

epaper

रसायन तथा मेडिकल आपूर्ति संघ नेपाल (केमसनको ) को अध्यक्षमा भक्त हमालको नेतृत्वमा नयाँ कार्यसमिति चयन



जनस्वास्थ्य सरोकार, काठमाडौं । मुलुकमा वार्षिक करिब ४४ अर्ब रुपियाँ भन्दा बढी स्वास्थ्य सामाग्री आपूर्ति गरी कारोबार गर्ने ५०० सय भन्दा बढी व्यवसायीहरुको छाता संगठन रसायन तथा मेडिकल आपूर्ति संघ नेपाल (केमसनको ) को अध्यक्षमा भक्त हमालको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।

सभालाई सम्बोधन गर्दै नवनिर्वाचित अध्यक्ष भक्त हमाल

१६ औं वार्षिक साधारण सभाले अध्यक्षमा हमाललगायत नयाँ कार्यसमिति चयन गरेको हो ।


हमालको अध्यक्षतामा नवगठित १३ मध्ये १० सदस्य कार्यसमितिमा निवर्तमान अध्यक्ष सुरेश घिमिरे सहित प्रथम उपाध्यक्षमा उमेश प्रसाद लामिछाने रहनुभएको छ । त्यस्तै महासचिवमा विनोद कुमार मानन्धर, सचिव पदमा समिर मरहट्टा र कोषाध्यक्षमा गणेश प्रसाद सापकोटा निर्वाचित हुनुभएको छ । सदस्यहरुमा रेमन्त भट्ट, विजय खनाल, अर्जुन रानाभाट र खडानन्द पाण्डे हुनुहुन्छ । द्वितिय उपाध्यक्ष तथा २ जना कार्यसमिति सदस्यको मनोनयन नवगठित कार्यसमितिले गर्ने संघको विधानले व्यवस्था गरेको छ ।

नवनिर्वाचित अध्यक्ष हमालको कार्यकाल तीन वर्षको रहने छ । उहाँ उद्योग बाणिज्य महासंघका कार्यकारिणी सदस्य समेत हुनुहुन्छ । यसअघि हमाल २०१५ देखि २०१७ सम्म केमसानको अध्यक्ष भइसक्नुभएको छ ।

उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालसँग केमसनका नवनिर्वाचित पदाधिकारीहरु

आज राजधानीमा आयोजित एक कार्यक्रमबीच उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकाल, चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की, उमेशलाल श्रेष्ठ, स्वास्थ्य मन्त्रीका विशेषज्ञ सल्लाहकार डा. रमेश ढकाल, अञ्जान श्रेष्ठलगायतका उच्च पदस्थ व्यक्तिहरुले नवनिर्वाचित पदाधिकारीहरुलाई शुभकामना दिनुभयो ।

केमसानको १६ औं वार्षिक साधारण सभाको उद्घाटन गर्दै उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकाल

नवनिर्वाचित अध्यक्ष हमालले स्वास्थ्य सामाग्री आपूर्ति व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउन आफू सक्रिय भएर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

सो अवसरमा कोभिड कालमा केमसानको सक्रिय योगदानको चर्चा गरिएको थियो ।


मुलुकमा गुणस्तरीय स्वास्थ्य सामाग्री उपलब्ध गराउने उद्देश्यले बि.सं. २०६१ सालमा स्थापन भएको केमसानको हालसम्म मुलुकभर ८ वटा शाखा विस्तार भइसकेको छ ।

केमसानका अध्यक्ष भक्त हमाललाई धन्यवाद दिँदै चन्द्र ढकाल

सो अवसरमा उपभोक्तालाई सर्वसुलभ मूल्यमा गुणस्तरीय स्वास्थ्य सेवा उपल्बध गराउन नेपाल भित्रिने रसायन तथा मेडिकल उपकरणका सुची तथा कम्पनी दर्ताका लागि स्वास्थ्य मन्त्रालयसंग सहकार्य सुरु भएको जानकारी दिइयो ।

यसबाट खुला सिमानामा हुने अनाधिकृत आयात नियन्त्रण भई गुणस्तरीय सामान मात्र आयात भई उच्चस्तरीय स्वास्थ्य सेवा उपलब्धत हुने केमसानका निवर्तमान अध्यक्ष सुरेश घिमिरले विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्