Logo
|
Wednesday 10th August 2022
Logo

epaper

बेलायतमा नेपाली नर्स पठाउन मन्त्रीपरिषदबाट श्रम समझदारी गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई स्वीकृति



जनस्वास्थ्य सरोकार, काठमाडौं । बेलायतमा नेपाली नर्स पठाउन मन्त्रीपरिषद्ले श्रम समझदारी गर्न स्वीकृति दिएको छ ।

मन्त्रिपरिषद्‍ले काम अघि बढाउन सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई स्वीकृति दिएको हो ।

लामो समयदेखि नेपाली नर्स बेलायत पठाउनेबारे छलफल चलिरहेको अवस्थामा नेपाली नर्स बेलायत पठाउन समझदारी हुन लागेको उल्लेख छ । करिब १० हजार नेपाली नर्स सरकार सरकारबीचको समझदारी (जि टू जी) माध्यमबाट पठाउन सकिने विश्वास मन्त्रालको छ । तर शुरुमा करिब ३ सयको हाराहारीमा नेपाली नर्सलाई रोजगारी दिने बेलायतको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्