Logo
|
Wednesday 10th August 2022
Logo

epaper

स्वास्थ्यमन्त्री खापुङको सल्लाहकारमा डा. कटुवाल र प्रेस सल्लाहकारमा गौतम नियुक्त



जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङको सल्लाहकारमा होमियोप्याथी एसोशियसनका अध्यक्ष डा. खगेन्द्र कटुवाल नियुक्त हुनुभएको छ । शुक्रबार स्वास्थ्यमन्त्री खापुङले मन्त्रीस्तरीय निर्णय गर्दै डा. कटुवाललाई सल्लाहकारमा नियुक्त गर्नुभएको हो ।

यस्तै, स्वास्थ्यमन्त्रीले प्रेस सल्लाहकारमा केदारप्रसाद गौतमलाई नियुक्त गर्नुभएको छ । तेह्रथुमका डा कटुवाल धनकुटामा होमियोप्याथीक अस्पताल चलाउँदै आउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्