Logo
|
Wednesday 30th November 2022
Logo

epaper

एसिड आक्रमण पीडितको उपचार सरकारले गर्ने

सरकारले तोक्यो निःशुल्क उपचार गर्ने चार अस्पताल



जनस्वास्थ्य सरोकार, काठमाडौँ । सरकारले एसिड आक्रमणमा परेका पीडितहरुको निःशुल्क उपचार गर्ने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार एक सूचना जारी गर्दै एसिड आक्रमणमा परेका व्यक्तिहरूले मुलुकका कुनै पनि स्वास्थ्य संस्थाबाट निःशुल्क आकस्मिक उपचार सेवा लिन सक्ने जानकारी दिएका हो ।

सूचनामा आकस्मिक उपचारपछि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्पता, पाटन अस्पताल र कीर्तिपुर अस्पतालमा थप उपचार गरिने उल्लेख छ । एसिड आक्रमणमा परेका पीडितहरूको उपचारसम्बन्धी कार्यविधि–२०७८ मा उनीहरुको निःशुल्क उपचार गरिने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्